भागवत प्रसाद श्रेष्ठ स्मृति धर्मशाला

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

घोपा, धरान, कोशी प्रदेश

फोन न ०२५ - ५७९८११


पृष्ठभूमि

वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराउन आउने विरामी तथा तिनका कुरुवाहरुलाई हुने आवासको असुविधालाई ध्यानमा राखी धरान (१२ महेन्द्र पथ निवासी श्रीमती साधना देवी श्रेष्ठले करिब डेढ करोड रुपैयाँको लगानीमा आफ्ना पूज्य पति स्वर्गीय भागवत प्रसाद श्रेष्ठको स्मृतिलाई चिरकालसम्म अक्षुण्ण कायम राख्न, सहुलियत दरमा आवासको सुविधा प्रदान गर्ने उद्घेश्यले “भागवत प्रसाद श्रेष्ठ स्मृति धर्मशाला” निर्माण गरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई २०६७ ज्येष्ठ २ गते अक्षय तृतीयाका दिन हस्तान्तरण गर्नुभएको हो । स्वर्गीय भागवत प्रसाद श्रेष्ठ सुब्बा रत्न प्रसाद श्रेष्ठका सुपुत्र हुनुहुन्छ । सुब्बा रत्न प्रसाद श्रेष्ठलाई धरान नगरपालिकाले धरानको स्वर्ण जयन्तिको उपलक्ष्यमा धरान बजारमा बसोबास गराउने प्रथम व्यक्तिको रुपमा मरणोपरान्त सम्मान गरेको थियो । धर्मशालाको उद्घाटन तत्कालीन उपकुलपति प्रा.डा. पूर्णचन्द्र कर्माचार्य र दातृ श्रीमती साधना देवी श्रेष्ठले संयुक्तरुपमा गर्नु भएको थियो । स्वर्गीय भागवत प्रसाद श्रेष्ठको स्वर्गारोहणको ४५ दिन नबित्दै प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा.लोक विक्रम थापाज्यूको कार्यकालमा २०६२ साल पौष २६ गते धर्मशाला बनाउन लिखित रुपमा अनुमति मागिए तापनि विभिन्न समस्या र अड्चनका कारणले अनुमति प्राप्त गर्न करिब तीन वर्ष लाग्यो र २०६५ भाद्र मा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसंग धर्मशाला निर्माणका लागि सम्झौता गरियो । धर्मशालाको भवन निर्माणको शिलान्यास २०६५ साल कार्तिक २० गते श्रीमती साधना देवी श्रेष्ठको करकमलबाट धार्मिक बिधिअनुसार सम्पन्न गरियो । धर्मशाला निर्माणको अनुमति दिलाउनमा पूर्व उपकुलपतिज्यूहरु प्रा. डा. लोकबिक्रम थापा, प्रा.डा. पूर्णचन्द्र कर्माचार्य र प्रा.डा. बलभद्र प्रसाद दासको प्रमुख योगदान रहेको छ । धर्मशालाको क्षेत्रफल ३ कठ्ठा १० धुर छ । भवनको ३ तल्लामा भएका चारवटा हल तथा बाइसवटा कोठामा एक पटकमा करिब १५० जना कुरुवा तथा बिरामीलाई सेवा दिन सकिन्छ । धर्मशालाको डिजाईन बिराटनगर निवासी इन्जिनियर श्री गोविन्द श्रेष्ठले बनाउनु भएको हो र यसको निर्माण वहाँकै निर्देशनमा भएको हो ।

धर्मशाला संचालक समिति

धर्मशाला व्यवस्थापन तथा संचालनका लागि विधान अनुसार ९ जनाको धर्मशाला संचालक समितिको प्रावधान रहेको छ जसमा चार जना प्रतिष्ठानबाट छन् भने चार जना परिवारका तर्फबाट छन् । एक जना धरान नगरका लब्ध प्रतिष्ठित समाजसेवी राख्ने व्यवस्था रहेको छ । धर्मशालाको संचालन सुव्यवस्थित गर्न भागवत प्रसाद श्रेष्ठ स्मृति धर्मशाला निर्देशिका २०७२ तयार गरी प्रतिष्ठानको कार्यकारिणी समितिबाट पारित भएको छ ।

पहिलो संचालक समिति

# पद नाम
१. अध्यक्ष प्रा.डा. बलभद्र प्रसाद दास (प्रतिष्ठानका तर्फबाट)
२. उपाध्यक्ष श्री श्याम गोविन्द लाखे (परिवारका तर्फबाट)
३. सचिव श्री प्रतिम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
४. कोषाध्यक्ष श्री मुकुल कायस्थ (परिवारका तर्फबाट)
५. सदस्य प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
६. सदस्य प्रा.डा. निलाम्बर झा (प्रतिष्ठानका तर्फबाट)
७. सदस्य श्री राम प्रसाद प्याकुरेल (प्रतिष्ठानका तर्फबाट)
८. सदस्य श्री बिष्णु चापागाई (प्रतिष्ठानका तर्फबाट)
९. सदस्य श्री मनोज मेन्याङ्वो (समाजसेवी)

दोश्रो संचालक समिति

# पद नाम
१. अध्यक्ष श्री तुल बहादुर श्रेष्ठ (प्रतिष्ठानका तर्फबाट)
७. निवर्तमान अध्यक्ष तथा सल्लाहकार प्रा.डा. बलभद्र प्रसाद दास (प्रतिष्ठानका तर्फबाट)
२. उपाध्यक्ष श्री श्याम गोविन्द लाखे (परिवारका तर्फबाट)
३. सचिव श्री प्रितम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
४. कोषाध्यक्ष श्री मुकुल कायस्थ (परिवारका तर्फबाट)
५. सदस्य प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
६. सदस्य प्रा.डा. निलाम्बर झा (प्रतिष्ठानका तर्फबाट)
७. सदस्य श्री राम प्रसाद प्याकुरेल (प्रतिष्ठानका तर्फबाट)
८. सदस्य अधिकृत, अस्पताल प्रशासन (प्रतिष्ठानका तर्पबाट पदेन सदस्य)
९. सदस्य श्री आनन्द आचार्य (समाजसेवी)

तेश्रो संचालक समिति

# पद नाम
१. अध्यक्ष प्रा. डा. गुरु प्रसाद खनाल (प्रतिष्ठानका तर्फबाट)
२. उपाध्यक्ष श्री श्याम गोविन्द लाखे (परिवारका तर्फबाट)
३. सचिव श्री प्रितम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
४. कोषाध्यक्ष श्री मुकुल कायस्थ (परिवारका तर्फबाट)
५. सदस्य प्रा. डा. बिक्रम प्रधान (प्रतिष्ठानका तर्फबाट)
६. सदस्य प्रा. डा. शिवेन्द्र झा (प्रतिष्ठानका तर्फबाट)
७. सदस्य अधिकृत अस्पताल प्रशासन (प्रतिष्ठानका तर्फबाट पदेन सदस्य)
८. सदस्य श्री आनन्द आर्चाय (समाजसेवी)
९. सदस्य प्रा. डा. बिक्रम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)

वर्तमान संचालक समिति

# पद नाम
१. अध्यक्ष डा. जगत नारायण प्रसाद, अस्पताल निर्देशक (प्रतिष्ठानका तर्फबाट)
२. उपाध्यक्ष श्री श्याम गोविन्द लाखे (परिवारका तर्फबाट)
३. सचिव श्री प्रितम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)
४. कोषाध्यक्ष श्री मुकुल कायस्थ (परिवारका तर्फबाट)
५. सदस्य प्रा. डा. माधव लम्साल(प्रतिष्ठानका तर्फबाट)
६. सदस्य प्रा. डा. आशिष श्रेष्ठ (प्रतिष्ठानका तर्फबाट)
७. सदस्य श्री अशोक कुमार साह (प्रतिष्ठानका तर्फबाट पदेन सदस्य)
८. सदस्य श्री कृष्ण कुमार अग्रवाल(समाजसेवी)
९. सदस्य प्रा. डा. बिक्रम प्रसाद श्रेष्ठ (परिवारका तर्फबाट)

संचालन विधि

धर्मशालाको दैनिक कार्य संचालन, नीति निर्माण, कर्मचारीको व्यवस्थापन आदि धर्मशालाको संचालक समितिको निर्णयद्वारा हुने गर्दछ । धर्मशालाको दैनिक कार्य संचालनका लागि कर्मचारीहरु कार्यरत छन । धर्मशाला वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकै सम्पत्ति भए तापनि प्रतिष्ठान र धर्मशालाका बीच कुनै आर्थिक कारोबार भने छैन । धर्मशालाले आफ्नो आर्थिक हिसाब राख्ने गरेको छ । धर्मशालाको दुइवटा बैंकमा खाता संचालनमा छन्≤ मितेरी विकास बैंकमा धर्मशालाको आम्दानीबाट प्रत्येक महिना रु.२५ हजारको दरले दुईवटा मुद्दति खातामा रकम जम्मा गरिने गरिएको छ । धर्मशालाका कर्मचारीहरुले अवकास लिंदा उनीहरुलाई केहि सुविधा दिन सकियोस् भन्ने उदेश्य र धर्मशाला पुरानो भएपछि यसको ब्याजले संञ्चालन र मर्मत संभारमा सहयोग पुग्नेछ भनी यो खाताहरुको व्यवस्था गरिएको हो । धर्मशालाको दैनिक खर्च तथा आम्दानीको लागि ल्क्ष्ऋ ब्कष्ब बैंकमा भएको खाता प्रयोग गरिन्छ । खाता संचालनका लागि अध्यक्ष कोषाध्क्ष्य र सचिवमध्ये कुनै दुईको हस्ताक्षर अनिवार्य छ । धर्मशालाको आम्दानी धर्मशालाको संचालन, भौतिक पूर्वाधारको स्तरोन्नति तथा मर्मत संभारका लागि मात्र प्रयोग गरिने व्यवस्था छ । यसै अनुरुप २०६९ मा धर्मशालाको आम्दानी तथा परिवारजनको सहयोगमा रु.३० लाखको लगानीमा एउटा क्यान्टिन र २०७३ मा धर्मशालाको आम्दानी, प्रतिष्ठानको ऋण सुबिधा तथा शहरी विकास मन्त्रालयबाट प्राप्त सहयोग समेत गरी जम्मा रु.६० लाखको लागतमा धर्मशालामा तेश्रो तला थपिएको छ ।

धर्मशालामा उपलब्ध सुबिधाहरु

धर्मशालाको स्थापनादेखि २०७८ चैत्र मसान्तसम्म साढे चार लाखभन्दा बढी सेवाग्राहीले धर्मशालाको सेवा लिइसकेका छन् । धर्मशाला हाल चारवटा हल र बाइस वटा कोठा छ । यसमा प्रतिष्ठानमा उपचार गरिरहेको विरामी र उनका कुरुवाहरुले मात्र बस्न पाउ“छन । यहाँ बस्नको लागि अस्पतालको पुर्जा देखाउन अनिवार्य छ । बस्नको लागि यहां दुई किसिमको व्यवस्था छ ।

१. हल–जसमा ओढ्ने, ओछ्याउने र सुत्ने व्यवस्था छ ≤ यसको शुल्क प्रतिदिन रु.६०।– प्रति व्यक्ति छ । २. कोठा– जसमा दुईवटा शय्या छ, जसको शुल्क प्रति दिन रु.३२५।– छ ।

आफ्नो भोजन स्वयं आफैं बनाउन चाहनेहरुका लागि एउटा छुट्टै भान्साघरको व्यवस्था छ । आफैं नपकाउनेका लागि क्यान्टिनको व्यवस्था छ ।

धर्मशालाका सेवाग्राहीहरुले पालना गर्नुपर्ने नियमहरु